शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बन्धलाई ‘बोरिङ’ हुनबाट बचाउन चाहनु हुन्छ ? यस्ता छन् उपाय

मङ्गलबार, १२ मङ्सिर २०८०, १३ : २२
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । जिन्दगी आजभोलि यति व्यस्त बनेको छ कि मान्छेसँग अरूलाई दिने समय नै छैन । न त आफ्नै लागि समय निकाल्न सकिरहेका छन् । बिहान जागिर खान गएकाहरू साँझ वा अबेर रात मात्रै घर फर्किन्छन् । घर परिवारमा छोराछोरी, बाउआमासँग समय नबिताउँदाको असर हरेक सम्बन्धमा देखिन्छ नै । आफन्त अनि साथीभाइसँगको सम्बन्ध पनि कमजोर हुँदै जान्छ । श्रीमान्/श्रीमतिसँगको सम्बन्ध त भन्नै परेन ।

एक अर्कालाई जति नै माया, हेरचाह गर्नुस् साथमा बिताउन समय दिन सकिरहेको छैन भने यसले सम्बन्धमा अनेकौँ समस्या अनि तनाव ल्याइरहेको हुन्छ । महिला होस् या पुरुष हुन त दिनभरिको काम र दौडधुपले गर्दा थाकेको हुन्छ । जागिरेहरूलाई जागिरकै दौडधुप, गृहिणीको समस्या पनि कम्ती हुन्न । बेलुकासम्म थाकेर, गलेर कहाँ टुसुक्क बस्नु भइसक्छ । कसलाई समय दिनु, के–के गर्नु ? तर तपाईँले केही उपाय अपनाएर आफ्नो सम्बन्ध र वैवाहिक जिन्दगीलाई सुखद बनाउन सक्नु हुन्छ ।

आपसी प्रेमलाई जीवित राख्नुस्:

तपाईँको दैनिकी जति नै व्यस्त भए पनि आफ्नो पार्टनरसँग जोडिएर रहने केही तरिका छन् । तर यसका लागि व्यस्त तालिकाबाट पार्टनरका लागि थोरै मात्र भए पनि समय निकाल्नुस् । केही समयका लागि भए पनि दुई जना मात्रै समय बिताउनुस् । आफ्नो सारा ध्यान, अनि समय एक अर्कालाई दिनुस् । मोबाइल चलाउने वा गेम खेल्ने वा अरूसँग च्याट गर्ने जस्ता गतिविधिहरूबाट टाढा रहनुस् ।

यस्ता रिचुअल अपनाउनुस्ः

दिनभर व्यस्तै भए पनि हरेक दिन एक अर्कासँग समय बिताउने स–साना क्षणहरू हुन्छन् । यस्ता क्षणलाई खेर जान नदिनुस् । बिहानको चिया साथमै खानुस् । बिहान साथमा टहल्न जानुस् । सधैँका यस्ता बानीले एक अर्कासँग नजिक रहन मद्दत गर्नेछ ।

प्रविधिबाट टाढा रहने:

पार्टनर साथमा भएको बेलामा मोबाइल, टिभी वा ल्यापटपजस्ता उपकरणहरूबाट टाढै रहनुस् । भौतिक रूपमा मात्रै होइन मानसिक रूपमा पनि पार्टनरको साथ रहनुस् ।

छुट्टी साथमा बिताउने:

निश्चित अवधिमा पार्टनरसँग घुम्नका लागि थोरै मात्रै भए पनि समय निकाल्नुस् । सप्ताहान्त वा लामो सार्वजनिक बिदाको बेलामा नजिक वा टाढा साथसाथै घुम्न जानुस् । यसरी पनि एक अर्कासँग जोडिरहेको महसुस गर्न सकिनेछ ।

कुराकानी:

राति सुत्नु अघि एक अर्काको दिन कस्तो भयो, के के गरियो भनेर बताउनुस् । पार्टनरको कुरा पनि सुन्नुस् । एक अर्काको सुख दुःखको साथी बन्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप