नयाँ फिल्मको सुटिङमा भिड्दै सलमान

नयाँ दिल्ली । भर्खरै मात्रै सलमान खानको बहुप्रतिक्षित फिल्म टाइगर ३ आएको थियो । यो फिल्मले बक्स अफिसमा जादु देखाउन सकेन । सलमानको लागि कमब्याक हुने अपेक्षा गरिएको फिल्मले हिन्दी भाषामा बजेट जति पनि कमाउन सकेन । यति बेला उनको नयाँ फिल्मबारे चर्चा सुरु भएको छ ।
सलमान अर्को एक्शन फिल्ममा देखिँदै छन् । द बुल नामक यो फिल्मको निर्देशन विष्णुवर्धनले गर्ने बताइएको छ । फिल्म करण जौहरको धर्मा प्रडक्शनले बनाउन लागेको हो । यो फिल्ममार्फत सलमान खान लामो समयपछि करण जौहरसँग काम गर्दैछन् ।
फेब्रुअरी सुरु हुनेछ सुटिङ
सलमान खानको आगामी फिल्म एक्शन थ्रिलर हुने बताइएको छ । मिडिया रिपोर्ट्सका अनुसार यो फिल्मको सुटिङ सन् २०२४ को फेब्रुअरीमा सुरु हुनेछ । करणले फेब्रुअरीदेखि अगष्टसम्म यो फिल्मको सुटिङ गरेर ब्रेक लिने खबरहरु आइरहेको छ ।
यो फिल्ममा सलमान पहिलो पटक अर्धसैनिक अधिकृतको भूमिका देखिनेछन् । फिल्ममा सलमान बाहेक दक्षिण भारतीय अभिनेत्री सामंथा रुथ प्रभुको पनि मुख्य भूमिका रहने बताइएको छ । सामन्था हालै यही फिल्मको स्क्रिप्ट पढ्न र निर्देशकसँग बातचितका लागि मुम्बई आएकी थिइन् ।
२०२५ मा रिलिज हुनेछ फिल्म
शेरशाह पछि विष्णुवर्धनको यो दोस्रो हिन्दी फिल्म हुनेछ । यसअघि उनले हिन्दी भाषामा बनाएको शेरशशाहले राष्ट्रिय पुरस्कार जितेको थियो । अहिलेसम्म फिल्मको नयाँ नाम फाइनल भइसकेको छैन । तर करणले यसलाई द बुल भनिरहेका छन् । फिल्म सन् २०२५ को गर्मीयाममा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करोडौँ खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन : प्रचण्ड
-
रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
-
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
-
वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार हो : प्रचण्ड
-
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै
-
देउवासँग सहमहामन्त्री परियारले दलित संघका अध्यक्षबारे गुनासो गरेपछि...