एमसीसी परियोजनाले १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्नुपर्छ: पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादी)को एमसिसि अनुगमन समितिले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनालाई आफूहरूले संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार नै लागु गर्नुपर्ने बताएको छ ।
एमसिएको कार्यालयमा भएको एमसीसी परियोजनाबारेको छलफल कार्यक्रममा एकीकृत समाजावादीका उपाध्यक्ष तथा एमसिसि अनुगमन समितिका संयोजक राजेन्द्र प्रसाद पाण्डेले एमसिसि लागु गर्दा संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गरेकाले सोही घोषणा अनुसार लागु गरी कार्यान्वयन गर्नुपर्ने बताए ।
“संसदवाट पास भई एमसिसि परियोजना लागु भएको एक वर्ष कटिसक्यो, नेपालमा यो परियोजना लागु भै सकेपछि के के काम भयो ? हामीले यो परियोजना पास गर्दा जनताको हितमा काम अघि बढोस् भनी १२ बुँदे व्याख्यात्मक घोषणा पनि गरेका छौँ, त्यस अनुरूप काम भएको छ की छैन, अहिलेसम्म के के काम भयो, प्रगति के छ, जग्गा अधिग्रहण र मुआब्जा वितरण कसरी भइरहेको छ ? पाण्डेले चासो व्यक्त गर्दै भने ।
छलफलका क्रममा पाण्डेले एमसिसि परियोजना अन्तर्गत एमसिए नेपालमार्फत सञ्चालन हुने कार्यक्रम, हालसम्म भएको एमसिसि परियोजनाको कामको प्रगति, आगामी दिनमा परियोजनाले गर्ने काम, हाल परियोजना अन्तर्गत भएको जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतबारे चासो व्यक्त गरेका थिए । पाण्डेले १२ बुँदे व्याख्यात्मक घोषणा इमान्दार पूर्वक कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए ।
उता एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले पनि आफूहरूले नि १२ बुँदे व्याख्यात्मक घोषणालाई आत्मसाथ गरी परियोजनाको काम अघि बढाएको बताए ।
त्यस्तै विष्टले अहिलेसम्म परियोजनाको जग्गा अधिग्रहणको काम भइरहेको र प्रसारण लाइन परियोजनामा लागत घटाउने प्रयास असफल भएपछि सम्पूर्ण ठेक्का रद्द गरेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण