केटी बनेर भाइरल बनेका यी जापानी युवक
टोकियो । हिमेनी एक जापानी पुरुष इन्फ्लुएन्सर हुन् । उनी एक राम्री युवती जस्तो बनेर मानिसलाई झुक्याउने र पछि केटाजस्तो बोलेर उनीहरूलाई आश्चर्यचकित बनाएर चर्चामा आएका छन् ।
जापानमा पुरुषले महिलाको पहिरन लगाएर ‘कसप्ले’ बाट मानिसहरूलाई झुक्याउने कुरा नौलो होइन । तर, हिमेनीले भने यसबाट आफ्ना अनलाइन समर्थकहरूका लागि रमाइलो कन्टेन्टहरू तयार गर्छन् ।
उनको कसप्लेको सीप उत्कृष्ट छ तर उनी आफ्नो रमाइलो भिडियाका लागि चर्चित छन् । एउटा राम्री युवती बनेर मानिसहरूसँग पुरुषको जस्तो घोर्ले स्वरमा कुरा गर्दा मानिसहरूको प्रतिक्रिया हेर्न निकै रोचक हुन्छ ।
आर२५ पत्रिकासँगको कुराकानीमा हिमेनीलाई आफूलाई पहिलेदेखि नै केटीको पहिरन मनपर्ने बताएका छन् । पछि आफ्नो आमाबुवाले ‘पुरुष’ जस्तो बन्न दबाब दिएपछि त्यसको विद्रोह स्वरुप उनले युवती नै बन्न थालेका हुन् । एउटा विद्यालयमा काम पाएपछि उनले आफै केटीजस्तो पहिरनहरू किन्न थालेको उनको भनाई छ । हिमेनीले आफूलाई केटीजस्तो बन्नु लाज नलाग्ने पनि बताए ।
तर उनले आफूलाई केटीजस्तो लुगा लगाउन मात्र मनपर्ने पनि स्पष्ट पारे । आफू पुरुष नै भएको र प्रेमिका समेत रहेको खुलाए । उनलाई मात्र पुरुषहरूको लुगा ‘बोरिङ’ लाग्छ ।
タバコ吸ってる美女ナンパしたら返り討ちにされたwww pic.twitter.com/ToLUvHLxl3
— ひめにぃ様⚤ (@1293Maron) November 20, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण