आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

केटी बनेर भाइरल बनेका यी जापानी युवक

बुधबार, १३ मङ्सिर २०८०, १२ : १८
बुधबार, १३ मङ्सिर २०८०

टोकियो । हिमेनी एक जापानी पुरुष इन्फ्लुएन्सर हुन् । उनी एक राम्री युवती जस्तो बनेर मानिसलाई झुक्याउने र पछि केटाजस्तो बोलेर उनीहरूलाई आश्चर्यचकित बनाएर चर्चामा आएका छन् ।

जापानमा पुरुषले महिलाको पहिरन लगाएर ‘कसप्ले’ बाट मानिसहरूलाई झुक्याउने कुरा नौलो होइन । तर, हिमेनीले भने यसबाट आफ्ना अनलाइन समर्थकहरूका लागि रमाइलो कन्टेन्टहरू तयार गर्छन् ।

उनको कसप्लेको सीप उत्कृष्ट छ तर उनी आफ्नो रमाइलो भिडियाका लागि चर्चित छन् । एउटा राम्री युवती बनेर मानिसहरूसँग पुरुषको जस्तो घोर्ले स्वरमा कुरा गर्दा मानिसहरूको प्रतिक्रिया हेर्न निकै रोचक हुन्छ ।

आर२५ पत्रिकासँगको कुराकानीमा हिमेनीलाई आफूलाई पहिलेदेखि नै केटीको पहिरन मनपर्ने बताएका छन् । पछि आफ्नो आमाबुवाले ‘पुरुष’ जस्तो बन्न दबाब दिएपछि त्यसको विद्रोह स्वरुप उनले युवती नै बन्न थालेका हुन् । एउटा विद्यालयमा काम पाएपछि उनले आफै केटीजस्तो पहिरनहरू किन्न थालेको उनको भनाई छ । हिमेनीले आफूलाई केटीजस्तो बन्नु लाज नलाग्ने पनि बताए ।

तर उनले आफूलाई केटीजस्तो लुगा लगाउन मात्र मनपर्ने पनि स्पष्ट पारे । आफू पुरुष नै भएको र प्रेमिका समेत रहेको खुलाए । उनलाई मात्र पुरुषहरूको लुगा ‘बोरिङ’ लाग्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप