अमेरिकी सेनाको विमान जापानमा दुर्घटना, आठ जनाको मृत्यु
टोकियो । जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए । जापानी कोस्ट गार्डले बीबीसीलाई उद्धारकर्मीहरूले घटनास्थलमा एक व्यक्तिलाई फेला पारेको जानकारी दिएको छ ।
तर उनको श्वास भने चलेको थिएन । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको हुनसक्ने बताइएको छ ।
जापानको सरकारी मिडिया एनएचकेका अनुसार सीभी२२ ओस्प्रे विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको बेला बायाँ इन्जिनमा आगो लागेको थियो । यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले स्थानीय समय अनुसार १४स्४० बजे विमान राडारबाट हराएको बताए। यता कोस्ट गार्डले सात मिनेट पछि विमानबाट एक आपतकालीन सन्देश प्राप्त भएको बताउँदै लगत्तै विमान दुर्घटना भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण