भूकम्प पीडितको त्रिपालको टहरामा आगलागी, धनमाल जलेर नष्ट
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–६, को भारगाउँमा भूकम्प प्रभावित बस्दै आएको त्रिपालमा आगलागी भएको छ । मंगलबार साँझ स्थानीय पूर्णबहादुर विक र बलबहादुर विकको त्रिपालको टहरामा आगलागी भएको हो ।
मंगलबार साँझ खाना पकाउने क्रममा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक रगुविर केसीले रातोपाटीलाई जानकारी दिए । भूकम्पबाट प्रभावित उनीहरु नाताले दाइ भाइ पर्छन् । दुवैको घर गत कार्तिक १७ गते मध्यरातीको भूकम्पले भत्काएको थियो ।
त्यसपछि उनीहरु त्रिपालमा बस्दै आएका थिए । ‘चिसो बढ्नथालेपछि चिसो छेक्न त्रिपालमाथि खर फालेका थिए,’ केसीले भने, ‘ पूर्णबहादुरको त्रिपालभित्र खाना पकाउने क्रममा एक्कासि आगो लाग्यो र खर भएका कारण बलबहादुरको त्रिपालसम्म पुग्यो ।’
क्षतिबारे दल्लीबाट प्रहरी गएर मुचुल्का उठाइसकेको उनले बताए । आगलागीबाट एक क्वीन्टल आलुको बीउ, १०० केजी फापर, दाल, सिमी, भटमास गरी १० केजी, नुनदेखि लत्ताकपडा, विस्तार सबै जलेको उनले बताए ।
पूर्णबहादुरको ८० हजार बराबरको धनमाल नष्ट भएको छ भने बलबहादुरको १ लाख २० हजारको धनमाल नष्ट भएको उनको भनाइ छ ।
‘दुबै जना भूकम्प पीडित हुनुहुन्छ, घर भूकम्पले भत्काएपछि बस्न नमिल्ने थियो,’उनी भन्छन्, ‘उनीहरुलाई त्रिपालको व्यवस्था गरेर बस्ने वातावरण मिलाइएको छ ।’
अन्त ठाउँमा धमाधम अस्थायी आवास निर्माण गर्ने क्रम चलेपनि भारगाउँमा सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण