बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपनएआईमा औपचारिक रूपमै फर्किएर स्याम अल्टम्यान

बिहीबार, १४ मङ्सिर २०८०, १४ : ०२
बिहीबार, १४ मङ्सिर २०८०

क्यालिफोनिर्या । एआई बनाउने कम्पनी ओपनएआईले प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्याम अल्टम्यानलाई बर्खास्त गरेको १२ दिनपछि औपचारिक रूपमै उनलाई पुनः सोही पदमा नियुक्त गरेको छ । कम्पनीले सेल्स फोर्सका पूर्व सह–सीईओ ब्रेट टेलरको अध्यक्षतामा तीन सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ ।  समितिमा अन्य सदस्यहरू पछि थपिनेछन् ।

कम्पनीमा ठुलो लगानीकर्तामध्ये एक माइक्रोसफ्टको सञ्चालक समितिमा मत दिन पाउने अधिकार खोसिएको छ । ओपनएआईले अल्टम्यानलाई निकालेपछि कम्पनीका सह–संस्थापक ग्रेग ब्रोकम्यानले पनि राजीनामा दिएका थिए । यी दुबैलाई माइक्रोसफ्टले आफ्नो इकाई विभागको नेतृत्वका लागि भर्ना गरेको थियो ।  अल्टम्यानलाई नियुक्त गर्नु माइक्रोसफ्टलाई महागो साबित भयो ।

कर्मचारी र लगानीकर्ताहरुबाट चर्को दबाबपछि कम्पनीले पुरानो सञ्चालक समिति विघटन गरे नयाँ समिति बनाएरै कम्पनीमा अल्टम्यानको पुनरागमनको बाटो खोल्न बाध्य भयो । कम्पनीमा दिएको योगदानको बदलामा आफूलाई जागिरबाट निकालेकोमा अल्टम्यानले कम्पनीका पूर्व सञ्चालक समितिलाई धन्यवाद दिएका छन् । मिरा मुरातीलाई उनले प्रमुख प्रविधि अधिकारीको रुपमा पुनः नियुक्त पनि गरेका छन् । अल्ट्म्यानको बर्खास्तीपछि मुरातिलाई ओपनएआईले अन्तरिम सीईओ बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप