ओपनएआईमा औपचारिक रूपमै फर्किएर स्याम अल्टम्यान
क्यालिफोनिर्या । एआई बनाउने कम्पनी ओपनएआईले प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्याम अल्टम्यानलाई बर्खास्त गरेको १२ दिनपछि औपचारिक रूपमै उनलाई पुनः सोही पदमा नियुक्त गरेको छ । कम्पनीले सेल्स फोर्सका पूर्व सह–सीईओ ब्रेट टेलरको अध्यक्षतामा तीन सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिमा अन्य सदस्यहरू पछि थपिनेछन् ।
कम्पनीमा ठुलो लगानीकर्तामध्ये एक माइक्रोसफ्टको सञ्चालक समितिमा मत दिन पाउने अधिकार खोसिएको छ । ओपनएआईले अल्टम्यानलाई निकालेपछि कम्पनीका सह–संस्थापक ग्रेग ब्रोकम्यानले पनि राजीनामा दिएका थिए । यी दुबैलाई माइक्रोसफ्टले आफ्नो इकाई विभागको नेतृत्वका लागि भर्ना गरेको थियो । अल्टम्यानलाई नियुक्त गर्नु माइक्रोसफ्टलाई महागो साबित भयो ।
कर्मचारी र लगानीकर्ताहरुबाट चर्को दबाबपछि कम्पनीले पुरानो सञ्चालक समिति विघटन गरे नयाँ समिति बनाएरै कम्पनीमा अल्टम्यानको पुनरागमनको बाटो खोल्न बाध्य भयो । कम्पनीमा दिएको योगदानको बदलामा आफूलाई जागिरबाट निकालेकोमा अल्टम्यानले कम्पनीका पूर्व सञ्चालक समितिलाई धन्यवाद दिएका छन् । मिरा मुरातीलाई उनले प्रमुख प्रविधि अधिकारीको रुपमा पुनः नियुक्त पनि गरेका छन् । अल्ट्म्यानको बर्खास्तीपछि मुरातिलाई ओपनएआईले अन्तरिम सीईओ बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण