भारतको गुजरातमा नक्कली सिरप खाँदा ५ जनाको मृत्यु
नयाँदिल्ली । पश्चिमी भारतको गुजरात राज्यमा नक्कली (पेय) सिरप सेवन गर्दा विगत दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना अस्पताल भर्ना भएका छन् । प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो।
प्रहरीका अनुसार उक्त सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको थियो । ‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ,’ वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई बताएका छन् । एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा मिथाइल अल्कोहल रहेको पुष्टि गरेको उनको दाबी छ ।
प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको पाइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण