आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निम अवार्डको सातौँ संस्करण सुरु

शुक्रबार, १५ मङ्सिर २०८०, १५ : ०७
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम)को  सातौँ संस्करण सुरु भएको छ । आयोजक ऐरा प्रोडक्सन प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेदन खुला भएको जनाएको हो ।

विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरू ( लोक, आधुनिक, काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका’ सहभागिता जनाउन सक्नेछन् ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२३ जनवरी १ देखि २०२३ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिनेछ । आवेदनका लागि फारमहरु आयोजक संस्थाको कार्यालयबाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पे को अनलाइन मार्फत पनि भर्न सकिनेछ । आयोजकले आवेदनको अन्तिम मिति पुस २५ गतेसम्मको लागि  तोकेको छ । अवार्ड एक भव्य समारोहका बिच आयोजना हुने कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप