नेपाल प्रहरीले दलितलाई जबरजस्ती फसाउँछ : अध्यक्ष विश्वकर्मा
शुक्रबार, १५ मङ्सिर २०८०, १७ : ५१
काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबरजस्ती फसाउने गरेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले दलितहरुलाई फसाउने काम नगर्न भनेर आफूले पटकपटक प्रहरी नेतृत्वलाई भन्ने गरेको गुनासो पनि गरे ।
अध्यक्ष विश्वकर्माले दलित समुदायले कानुन नजानेर फस्ने गरेको भन्ने नेपाल प्रहरीको भनाइमा सत्यता नरहेको जिकिर समेत गरे । उनले दलितहरुलाई फसाउने काम हुन नदिन आयोगले नेपाल प्रहरीसँग मिलेर काम गर्ने योजना बनाएको बताए ।
कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक शारदा थापाले कानुनको जानकारी नभएका कारण पनि दलित समुदाय मुद्दा मामिलामा फस्ने गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण