काठमाडौँको सुकेधारामा आगलागी
शुक्रबार, १५ मङ्सिर २०८०, १८ : ०८
काठमाडौँ । काठमाडौँको सुकेधारामा आगलागी भएको छ । सुकेधारास्थित केशमाया डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
डंगोलको साढे ३ तले घरको भान्साबाट आगो सल्किएको हो । घटनास्थलमा डिएसपी अमर थापाको नेतृत्वमा टिम परिचालन गरिएको र आगो निभाउने प्रयास भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।
घटनास्थलमा दमकलसहित अग्नि नियन्त्रकहरुले निभाउने प्रयास गरिरहेको छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण