कुलेश्वरको गोदाममा भएको आगलागी नियन्त्रणमा
शनिबार, १६ मङ्सिर २०८०, १४ : ३३
काठमाडौँ । शनिबार काठमाडौँको कुलेश्वरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका वडा नं.१४, कुलेश्वरस्थित विभिन्न सामग्री भण्डारण गरी राखिएका तीन वटा गोदामहरूमा आगलागी भएको थियो ।
पर्सा वीरगंज घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ३४ वर्षीय पप्पु कुमार गुप्ताको सनम प्लास्टिक कारखाना नाम गरेको कवाडी गोदाम र कपडा पेलेर रूवा बनाउने गोदाममा करेन्ट सर्ट भई गएराति आगलागी भएको प्रहरीको भनाई छ ।
खबर प्राप्त हुनासाथ बिहान करिब साढे ३ बजेदेखि परिचालित नेपाली सेनाको फायर फाइटिङ्ग टोलीले अन्य निकायहरू तथा स्थानीयको सहयोग र वारुणयन्त्रको समेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिएको हो । आगलागीबाट भएको क्षति विवरण भने आउन बाँकी रहेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण