साम बहादुर फिल्ममा विक्की कौशलको अभिनयलाई लिएर दर्शक के भनिरहेका छन् ?
मुम्बई । सामबहादुर फिल्ममा विक्की कौशलको अभिनय देखेपछि सोसल मिडिया प्लेटफर्म एक्समा दर्शकहरूले उनलाई राष्ट्रिय पुरस्कार दिन माग गरिरहेका छन् । #VickyKForNationalAwards एक्समा ट्रेन्डिङमा छ।
मेघना गुलजारद्वारा निर्देशित यो फिल्ड मार्सल साम मानेकशाको जीवनमा आधारित छ। डिसेम्बर १ मा रिलिज भएको फिल्ममा विक्की कौशल बाहेक फातिमा सना शेख, सान्या मल्होत्रा, गोविन्द नामदेव र मोहम्मद जिशान अयुबको मुख्य भूमिका छ ।
उनको प्रशंसा गर्दै गुलमोहर कौरले विक्की कौशलले फिल्म सामबहादुरमा आफ्नो करियरको उत्कृष्ट अभिनय गरेको लेखेकी छन् । आराधना सिंहले लेखेकी छिन्, ‘सामबहादुरको विरासत जीवित छ र विक्की कौशलले हामी सबैले प्रशंसा गर्ने मानिसलाई न्याय गरेका छन्। एक ठोस प्रदर्शन जुन राष्ट्रिय मान्यताको योग्य छ।’
साक्षी नन्दवानीले लेखेकी छिन्, ‘मेघना गुलजारले फिल्ममा सामबहादुरको भूमिकाका लागि विक्की कौशललाई लिएकी थिइनन्, बरु उनले आफैँ सामबहादुरलाई लिएकी थिइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण