सिकार खेल्न जाँदा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका-२ झुलेस्थित डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सञ्जीव सार्कीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।
सञ्जीव समेतका सात जना शनिबार राति उक्त जंगल गएको, सञ्जीवले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सञ्जीव घाइते भएको र तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात् थप उपचारको लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान उनको मृत्यु भएको थियो । यो खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता कैलालीको चुरे गाउँपालिका-३ सल्लेरीबाट १ थान भरुवा बन्दुकसहित सोही ठाउँ ससुराली बस्दै आएका बझाङ केदारसिउ गाउँपालिका-६ घर भएका ३७ वर्षीय वीरबहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धामीले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फल्टुडेबा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण