आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सिकार खेल्न जाँदा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

आइतबार, १७ मङ्सिर २०८०, १२ : ३६
आइतबार, १७ मङ्सिर २०८०

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका-२ झुलेस्थित डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सञ्जीव सार्कीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ । 

सञ्जीव समेतका सात जना शनिबार राति उक्त जंगल गएको, सञ्जीवले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सञ्जीव घाइते भएको र तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात् थप उपचारको लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान उनको मृत्यु भएको थियो । यो खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

यता कैलालीको चुरे गाउँपालिका-३ सल्लेरीबाट १ थान भरुवा बन्दुकसहित सोही ठाउँ ससुराली बस्दै आएका बझाङ केदारसिउ गाउँपालिका-६ घर भएका ३७ वर्षीय वीरबहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । धामीले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फल्टुडेबा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप