बाराको जीतपुरस्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी, क्षतिको विवरण आउन बाँकी
बारा । जीतपुर सिमरा उपमहानगर वडा नं ८ मा स्थित नेपोभिट टायल्स कम्पनीमा आगलागी भएको छ । आज दिउँसो उद्योग भित्र जेसिभीले काम गर्ने क्रममा बिजुलीको लाइनमा छोएर विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जनाइएको छ ।
आगलागी दिउँसो करिब ३ बजेतिर सुरु भएर साँझ ५ बजे पछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागीको सो घटनामा वीरगन्ज महानगर, कलैया, जीतपुर सिमरा उपमहानगर र नेपाल प्रहरीको ४ वटा दमकल एकैपटक प्रयोग भएको थियो भने सँगसँगै २ वटा एक्स्काभेटर र जेसिभी समेत प्रयोग भएको थियो ।
घटनामा उद्योगभित्र रहेका कच्चा पदार्थ, टायल प्याकिङ मेसिन, कटिङ मेसिन, कार्टुन जलेर नष्ट भएको कम्पनीका प्लान्ट इन्चार्ज बद्री कँडेलले जनाएका छन् । ‘आगलागीका कारण धेरै क्षति भएको छ तर कति मूल्य बराबरको क्षति भयो भनेर अहिले नै भन्ने अवस्था छैन’ प्लान्ट इन्चार्ज कँडेलले भने । आगलागीको घटना लगत्तै जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, नगरप्रमुख राजन पौडेल सहितको टोली उद्योगको स्थलगत अनुगमनमा पुगेको थियो ।
टायल्स उत्पादनमा नेपोभिट टायल्स कम्पनी जीतपुर सिमरा उपमहानगरमै ठुलो मानिन्छ । यो उद्योग भित्र करिब ३ सय मजदुर कार्यरत छन् ।
उद्योगले ५० प्रतिशत सामान भारतबाट आयात हुन्छ भने ५० प्रतिशत नेपालकै कच्चा पदार्थ (माटो) बाट उत्पादन गर्ने उद्योगले जनाएको छ ।
सो कम्पनीमा उत्पादन भएका टायल्सको बजार भने देशैभरि रहेको इन्चार्ज कँडेलले जनाएका छन् । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले आगलागीका कारण ठुलो क्षति भए पनि अहिले नै मूल्याकंन गरिहाल्ने अवस्था नभएको बताए । ‘आगलागीका कारण एक करोड भन्दा माथिको क्षति छ देखिन्छ तर अध्ययन बिनै यति करोड भयो भन्न सकिने अवस्था छैन’ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण
-
बुटवलको तिनाउमा जिप दुर्घटना, तीनजनाको मृत्यु
-
काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो, कहाँको कति ?
-
दुई दार्शनिकको अस्तित्ववादी प्रेमकथा
-
पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
-
पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा तिमिल्सिना