दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद
काठमाडौँ । गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौँ ग्राहकहरूले करोडौँको छुट पाएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकहरूले दराजबाट सामान खरिद गरेका हुन् ।
११.११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरू अत्यधिक बिक्री भएको थियो । सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५ सय अर्डर प्राप्त गर्न सफल भएको थियो, साथै सामान्य समयको तुलनामा ११.११ सेलमा दराजको बिक्री ४६ प्रतिशतको वृद्धि पनि देखिएको थियो ।
११.११ सेलको सफलता बारेमा चर्चा गर्दै दराजका प्रबन्धक निर्देशक आँचल कुँवर भन्छिन्, ‘यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरूको लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउनमा प्रतिबद्ध छौँ । र हाम्रो यही उद्देश्यले गर्दा नै हाम्रो ११.११ सेलले यो सफलता प्राप्त गर्न सफल भएको छ ।’
सेलमा ८०० भन्दा धेरै डेलिभरी कर्मचारीहरू खटिएका थिए । सेलमा काठमाडौँदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबैभन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरिएको थियो ।
दराजले राजधानी बाहिरका बिक्रेताहरूलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरूबाट सेवा प्रवाह गर्ने गरेको छ। सेलको अवधिमा काठमाडौँ उपत्यका बाहिरका खरिदकर्ताहरूको सङ्ख्यामा ६ सय प्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण