आगलागीबाट २७ लाख बराबरको धनमाल नष्ट
काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँको धनमाल क्षति भएको छ । आगलागीबाट इलाममा १७ लाख रुपैयाँ र सुनसरीमा १० लाख रुपैयाँ गरी जम्मा २७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
इलामको सूर्योदय नगरपालिका-१० आले बस्ने कमला सुब्बाको घरमा रहेको किराना पसलमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर, पसलको सामान, भाडावर्तन, लत्ताकपडा र नगद समेत गरी करिब १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-६ हटिया लाइनस्थित भारत जोगवनी घर भएको महमत सोनु अन्सारीको कपडा पसलमा विद्युत् सर्ट भई गएराति आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण कपडा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण