सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
काठमाडौँ । रुकुम पश्चिमको सोती घटना प्रकरणमा रुकुम जिल्ला अदालतमा जारी सुनुवाइ सकिएको छ । मंगलबार प्रतिवादीतर्फका केही कानुन व्यवसायी र सरकारी वकिलबाट जवाफी बहस भएपछि सुनुवाइ सकिएको हो ।
रुकुम जिल्ला अदालतका श्रेष्तेदार मन्दिरा शाहीले सुनुवाइ सकिएको जानकारी दिइन् । सुनुवाइ सकिएकाले आजै फैसला सुनाउने वा के गर्ने भन्ने सम्बन्धमा अहिले नै जानकारी नआएको बताइन् ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो । प्रेमिका भनिएकी किशोरी हत्या भएको स्थानमा नपुगेको बयान दिएकी तथा अन्य तथ्यले समेत पुष्टि गरेको भए पनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको थियो ।
२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारबाट निरन्तर सुनुवाइ गरी फैसलाको तयारी गरिएको हो ।
पदम बहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भई नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा ३ वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको मागदाबी लिइएको छ । एकै व्यक्तिले सबै कसुर गरेको अवस्थामा पनि जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय र अपराध अनुसारको जरिवाना तथा पीडित परिवारलाई क्षतिपूर्ति भराउनु पर्नेछ ।
कतिपय प्रतिवादीको हत्यामा प्रतक्ष संलग्नता नरहेको भन्ने बयान र अन्य प्रतिवादीहरूको बयानबाट देखिएको कारण केहीलाई ज्यान मार्ने उद्योगमा सजाय वा कतिपयलाई सफाइ समेत हुन सक्नेछ ।
३६ महिना पुरानो बहुचर्चित सोती हत्याकाण्डमाथि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण