मेस्सी टाइम पत्रिकाको वर्ष खेलाडी घोषित
बुधबार, २० मङ्सिर २०८०, ०९ : ५८
न्युयोर्क । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी प्रतिष्ठित टाइम म्यागजिनको वर्ष खेलाडी घोषित भएका छन् ।
गत जुलाईमा मियामीमा आबद्ध भएका मेस्सीले १४ खेलमा ११ गोल गर्दै टोलीलाई पहिलो ट्रफीका रूपमा लिग्स कपको उपाधि दिलाएका थिए । ३६ वर्षीय खेलाडीले गत अक्टोबरमा कीर्तिमानी आठौँ बालोन डी’ ओरको उपाधि पनि हासिल गरेका थिए ।
‘लियोनेल मेस्सीले इन्टर मियामीमा यो वर्ष आबद्ध भएपछि अमेरिकालाई फुटबल राष्ट्रमा परिणत गरे, जुन कुरा असम्भव भनिन्थ्यो,’ टाइमले भनेको छ । टाइम म्यागजिनका अनुसार मेस्सीको आगमनले रंगशालामा दर्शकको सङ्ख्या बढ्नुका साथै टिको मूल्य, मर्चेन्डाइज बिक्री र एमएलएसको दर्शकको सङ्ख्यामा वृद्धि भएको छ ।
यसअघि जिम्नास्ट सिमोनी बाइल्स, एनबीए सुपरस्टार लेब्रोन जेम्स, पौडीबाज माइकल फेल्प्सले यो उपाधि हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण