जेलेन्सीले किन गरे अमेरिकी सिनेटसँगको हाइप्रोफाइल छलफल रद्द ?
कीएभ । भविष्यमा गरिने अमेरिकी आर्थिक सहयोगको विषयमा गतिरोध उत्पन्न भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी सांसदहरूसँगको हाइप्रोफाइल छलफल रद्द गरेका छन् । मंगलबार अमेरिकी सिनेट र हाउसमा जेलेन्स्की भर्चुअल माध्यमबाट उपस्थित हुने तय गरिएको थियो, तर अन्तिम समयमा उक्त कार्यक्रम रद्द गरियो ।
यसअघि एक शीर्ष युक्रेनी अधिकारीले अमेरिकी सैन्य सहयोग पारित नभए आफूहरूले रुसविरुद्धको युद्ध हार्ने खतरा रहेको औँल्याएका थिए । सिनेटका नेता चक सुमरले जेलेन्स्की किन उपस्थित भएनन् भन्ने खुलाएनन् । यद्यपि, एक सांसदले भने युक्रेनका राष्ट्रपति ‘अन्तिम समयमा’ जरुरी काममा फसेको बताए । उनले पनि थप विवरण खुलाएनन् ।
युक्रेनका सेना प्रमुख आन्द्रिय येरमाकले मंगलबार अमेरिकाको निरन्तर सहयोग बिना युक्रेनले रुसविरुद्ध हार बेहोर्ने खतरा रहेको बताएका थिए । वासिङ्टन डिसीमा रहेको युक्रेनको राजदूतावासले पनि यस विषयमा बोल्न चाहेन ।
यता ह्वाइट हाउसले युक्रेनलाई थप सहयोग पठाउन पहल गरिरहेको छ । यद्यपि, संसद्मा भने यस विषयमा सहमति हुन बाँकी रहेको छ । सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरु भए यता अमेरिकाको संसद्ले युक्रेनका लागि १ खर्ब १० अर्ब अमेरिकी डलर बराबरको सैन्य र आर्थिक सहायता प्रदान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण