अझै तोकिएन उखु र गहुँको समर्थन मूल्य
बुधबार, २० मङ्सिर २०८०, १३ : ५३
काठमाडौँ । उखु र गहुँको समर्थन मूल्य अझै निर्धारण हुन सकेको छैन । उखु र गहुँको समर्थन मूल्यको विषयमा छलफल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवकोटी अर्यालले जानकारी दिइन् ।
कृषि विभागबाट उखु र गहुँको समर्थन मूल्य निर्धारणका लागि प्रतिवेदन मन्त्रालयमा पठाइसकिएको छ । उखु र गहुँको समर्थन मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको उनले बताइन् ।
मूल्य सर्वसम्मत भएपछि सार्वजनिक गरिने अर्यालले जनाइन् । गत वर्ष सरकारले प्रति क्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ समर्थन मूल्य तोकेको थियो । देशभर ७ लाख हेक्टर क्षेत्रफलमा २१ लाख मेट्रिक टन गहुँ उत्पादन हुँदै आएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण