सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
भिजिट भिसा प्रकरण

नेपालीलाई रुसी सेनामा पठाउने गिरोहको साथबाट २७ लाख ६० हजार बरामद

बुधबार, २० मङ्सिर २०८०, १७ : ०४
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेपाली नागरिकलाई ‘भिजिट भिसा’ मा रुसको सेनामा भर्ना हुन पठाउने गिरोहको साथबाट प्र्रहरीले २७ लाख ६० हजार बरामद गरेको छ । ओखलढुंगा घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीया सुजता दाहाल र चितवन घर भएका २५ वर्षीय गोकर्ण अर्यालको साथबाट प्रहरीले १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको छ ।

दाहाल र अर्यालको समूहबाट २७ थान पासपोर्ट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सिनामंगलस्थित ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद र १६ थान पासपोर्ट प्रहरीले बरामद गरेको छ । छुट्टाछुट्ट्रै समूहबाट २७ लाख ६० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

भिजिट भिसामा रुसको सेनामा पठाएको आरोपमा पक्राउ गरिएका १२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप