रुसी सेनामा भर्ना हुन पठाएको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ

काठमाडौँ । ‘भिजिट भिसा’मा नेपालीहरुलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि बहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल छन् । काठमाडौँको लैनचौर, ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
उनीहरुले भिजिट भिसामा नेपालीहरुलाई भारतको बाटो हुँदै रुसमा पठाएको र त्यहाँको सेनामा भर्ती हुन सघाएको आरोप छ ।
रुसी सेनामा कार्यरत रहँदा हालै ६ जना नेपाली नागरिकहरुको निधन भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराम मोक्तान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सरकारले रुसी सेनामा भर्ना नगर्न मस्कोसँग माग गरेको छ । रुसको सेनामा भर्ना गर्ने नेपाल सरकारको नीति नभएपनि बिचौलियाहरुले अवैध बाटो हुँदै त्यहाँ लगेर भर्ना गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित