मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
अर्थ समिति

एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन अर्थ समितिको निर्देशन

बुधबार, २० मङ्सिर २०८०, १९ : ०२
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । अर्थ समितिले एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको हो ।

समितिकी सचिव रेखा उपाध्याय खनालले बिक्रीबारे अभिलेख आइनपुगेको दूरसञ्चार प्राधिकरणको भनाइपछि १५ दिनको समय दिएको जानकारी दिइन । 

‘प्राधिकरणका अध्यक्षले कागजात मगाएको बताएपछि १५ दिनभित्र सम्पूर्ण जानकारी दिन मौखिक निर्देशन दिइएको छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप