बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि  मासु तथा मदिरा बिक्री र सेवनमा राेक

बिहीबार, २१ मङ्सिर २०८०, ०६ : ५२
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाएको छ । 

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मङ्सिर २७ गतेसम्म यो नियम लागु हुने प्रशासनले जनाएको छ । 

कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतबाट जारी सूचनामा उल्लेख छ। 

405970555_1417426695848107_4567193464493977639_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप