टेलर स्विफ्ट टाइम म्यागजिनको वर्ष व्यक्ति घोषित
न्युयोर्क । टाइम म्यागजिनले अमेरिकी गायिका टेलर स्विफ्टलाई ‘पर्सन अफ द इयर २०२३’ घोषित गरेको छ । म्यागजिनसँग कुरा गर्दै टेलर स्विफ्टले यो समयमा आफूले सबैभन्दा गर्व र खुसी महसुस गरिरहेको बताइन् ।
टेलर स्विफ्ट अहिले आफ्नो इराज टुरका कारण चर्चामा छिन् । यो भ्रमणले अहिलेसम्मका सबै कीर्तिमानलाई ध्वस्त पारेको छ । स्विफ्टले पत्रिकासँग आफ्नो भ्रमणको बारेमा पनि कुरा गरिन्। १८० मिनेटको सांगीतिक कन्सर्टका कारण आफूलाई भ्रमणका क्रममा प्रायः थकान महसुस हुने गरेको उनले बताए ।
टाइम म्यागजिनले सन् १९२७ देखि यो उपाधि दिँदै आएको छ। यो हरेक वर्ष कुनै प्रमुख घटना वा व्यक्तिलाई दिइन्छ जसले त्यो वर्षको विश्वव्यापी घटनाहरूमा सबैभन्दा ठूलो प्रभाव पारेको छ।
टेलर स्विफ्टभन्दा पहिले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की जस्ता नेतालाई पनि यो उपाधि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण