अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ
बिहीबार, २१ मङ्सिर २०८०, १३ : १३
दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् ।
प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने अवस्था होइन ।” उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले विशेष रुपान्तरण अभियान सुरु गरेको बताए ।
“जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।” सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण