शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

बिहीबार, २१ मङ्सिर २०८०, १५ : २६
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गरेका छन् । गुटेर्रेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका हुन् ।

२०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उनले सो पत्र लेखेका हुन् । धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन ।’

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीका कम्तीमा १३० कामदारहरू अक्टोबर ७ देखि मारिएको गुटेरेसले बताएका छन् ।-(सिन्ह्वा/न्युज एजेन्सी नेपाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप