दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प
सिड्नी । दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ ।
युएसजिएसले प्रारम्भमा सात दशमलव तीन म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ । उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, “यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन् ।” भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन ।
तीन लाख २० हजार जनसङ्ख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो । यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ । दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो ।
नोभेम्बरमा उत्तरी भानुआतुमा छ दशमलव सात म्याग्निच्युको भूकम्प गएको थियो । वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशहरूमध्ये एक हो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण