अभिनेता बैंक जस्तो हो : प्रदीप खड्का
काठमाडौँ । अभिनेता प्रदीप खड्का पछिल्लो समय फिल्म ‘ऐरी’ का कारण चर्चामा छन् । हिन्दीसहित केही भाषामा बन्ने यो फिल्मको हालै निर्माण घोषणा भएको हो । फिल्ममा उनी शिकारीको रूपमा देखिनेछन् ।
प्रदीप केही समयपछि ‘ऐरी’ मा देखिन लागेका हुन् । फिल्म ‘प्रेम गीत ३’ र ‘प्रकाश’ रिलिजपछि उनका कुनै पनि फिल्म आएको छैन । दर्शकको अपेक्षाका कारण आफ्नो फिल्म केही समय ग्याप हुन पुगेको खड्का बताउँछन् ।
‘फिल्म ‘प्रेम गीत–३’ र ‘प्रकाश’ को चर्चापछि दर्शकको मप्रति अपेक्षा धेरै बढेको छ’, प्रदीपले भने–‘राम्रो फिल्म दिनुपर्छ भनेर छनोटमै गर्दागर्दै केही समय बित्यो ।’ दर्शकलाई एक पटक राम्रो फिल्म दिएर अन्य समय झुक्क्याउन नहुने उनको धारणा छ ।
‘अभिनेता भनेको बैंक जस्तो हो । जसरी बैङ्कप्रति ग्राहकको विश्वास उठेपछि डुब्छ, अभिनेता पनि त्यस्तै हो’ प्रदीपले थपे ।
हुन त ‘प्रेम गीत–३’ र ‘प्रकाश’ पछि प्रदीपलाई फिल्मको अफर नमिलेको भने होइन । धेरै फिल्मका अफर मिलेका थिए । चित्त बुझ्दो स्क्रिप्ट नपाएकोले फिल्म नगरेको उनले बताए । अहिले भने ४, ५ वटा फिल्मको स्क्रिप्ट उनलाई मन परेको छ । अब भने लगातार फिल्म गर्ने सोचमा उनी छन् ।
भन्छन्– ‘अहिले धेरैले मलाई तिमीले फिल्म गर्दा मार्केटबाट पैसा आउँथ्यो । २, ४ वटा फिल्म बढ्थ्यो । उद्योग चलायमान हुन्थ्यो । तिमीले रोक्नाले धेरै चिज रोकियो पनि भनेका छन् । त्यसैले अव वर्षमा २, ३ वटा फिल्म गर्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण