आईसीसीले भन्यो, ‘विश्वकप फाइनलको पिच राम्रो थिएन’
नयाँ दिल्ली । एकदिवसीय विश्वकप २०२३ को फाइनल खेल भएको पिच विश्वस्तरीय पिच थिएन। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसलाई औसत रेटिङ दिएको छ ।
आईसीसीले कुल ६ खेलको पिचलाई औसत रेटिङ दिएको हो । भारतले यीमध्ये ५ खेल खेलेको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको भारतको दुई खेलको पिचले औसत रेटिङ पाएको छ। त्यसमध्येको एउटा खेल १४ अक्टोबरमा पाकिस्तानसँग भएको थियो, जसमा भारत ७ विकेटले विजयी भएको थियो।

दोस्रो खेल १९ नोभेम्बरमा भएको फाइनलमा भारतले अस्ट्रेलियासँग हार बेहोरेको थियो । यस खेलमा अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
ब्याटिङको क्रममा भारतले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । ओपनर शुभमन गिल, श्रेयस अय्यर र सूर्यकुमार यादवले यो खेलमा खास केही गर्न सकेनन् । कप्तान रोहित शर्माले ४७ रन, कोहलीले ५४ रन र केएल राहुलले ६६ रन बनाए ।
२४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । ओपनर ट्राभिस हेडले १२० बलमा १३७ रनको इनिङ खेले । मार्नस लाबुस्चेनले ११० बलमा ५८ रनको अविजित इनिङ खेले ।
फाइनलअघि अस्ट्रेलियाका धेरै पूर्व क्रिकेटरले यो पिचलाई लिएर प्रश्न उठाएका थिए । तर फाइनल हुनुभन्दा एक दिनअघि पत्रकार सम्मेलनमा अस्ट्रेलियाका कप्तानले यो पिच राम्रो भएको बताएका थिए ।

कोलकातामा भएका दुवै खेलमा दक्षिण अफ्रिका पराजित
आईसीसीले कोलकाताको इडेन गार्डेनमा खेलिएका दुई खेलको पिचलाई पनि औसत मानेको छ । जसमध्ये एउटा खेल भारत र दक्षिण अफ्रिकाबिच नोभेम्बर ५ मा खेलिएको थियो। यो खेल भारतले २४३ रनले जितेको थियो ।
दोस्रो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको सेमिफाइनल खेल भएको थियो । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गरेको थियो ।
चेन्नई र लखनउको पिच पनि औसत
आईसीसीले भारतले लखनउ र चेन्नईमा खेलेका खेलको पिचलाई पनि औसत रहेको बताएको छ । एमए चिदम्बरम रंगशालामा भएको लिग खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । लखनउको एकना स्टेडियममा भएको खेलमा भारतले इंग्ल्याण्डलाई १०० रनले पराजित गरेको थियो ।

मुम्बईलाई क्लिन चिट
मुम्बईको वानखेडे स्टेडियममा नोभेम्बर १५ मा भारत र न्यूजिल्याण्डबिच भएको पहिलो सेमिफाइनल खेलको पिचलाई आईसीसीले क्लिन चिट दिएको छ । यो पिचलाई लिएर अन्तर्राष्ट्रिय मिडियाले धेरै प्रश्न उठाएका थिए । अन्तर्राष्ट्रिय मिडियाले बीसीसीआई र टीम इन्डियाले पिच परिवर्तन गरेको आरोप लगाएका थिए।
तर, आईसीसीले भारत र न्युजिल्यान्डबिचको सेमिफाइनल खेल कुन पिचमा खेल्ने भन्ने कुरा पहिले नै तय भइसकेको स्पष्ट पारेको थियो । यो खेल भारतले ७० रनले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण