न्युजिल्याण्डद्वारा बंगालदेशविरुद्धको शृङ्खला बराबर
शनिबार, २३ मङ्सिर २०८०, १५ : ३८

मिरपुर । संघर्षपूर्ण खेलमा बंगलादेशलाई ४ विकेटले हराउँदै न्युजिल्याण्डले टेस्ट शृङ्खला १–१ ले बराबरी गर्न सफल भएको छ । अन्तिम दिन १ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ३९.४ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।
६९ रनमा ६ विकेट गुमाएर अप्ठ्यारो अवस्थामा रहेको न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले नटआउट रहँदै ४० तथा मिचेल स्यान्टनरले ३५ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्याए । उनीहरूबाहेक टम ल्याथमले २६ रन तथा डेयरल मिचेलले १९ रनको योगदान दिए । बंगलादेशका लागि मेहदी हसन मिराजले ३ तथा तइजुल इस्लामले २ विकेट लिए ।
यसअघि बंगलादेशले पहिलो पालीमा १७२ रन बनाएको थियो भने जवाफमा न्युजिल्याण्डले १८० रन बनाएको थियो । आफ्नो दोस्रो पालीमा बंगलादेश मात्र १ सय ४४ रनमा सीमित बनेको थियो । शृङ्खलामा १५ विकेट लिने बंगलादेशका तइजुल इस्लाम प्लेयर अफ द सिरिज बने ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?