न्युजिल्याण्डद्वारा बंगालदेशविरुद्धको शृङ्खला बराबर
शनिबार, २३ मङ्सिर २०८०, १५ : ३८
मिरपुर । संघर्षपूर्ण खेलमा बंगलादेशलाई ४ विकेटले हराउँदै न्युजिल्याण्डले टेस्ट शृङ्खला १–१ ले बराबरी गर्न सफल भएको छ । अन्तिम दिन १ सय ३७ रनको लक्ष्य न्युजिल्याण्डले ३९.४ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।
६९ रनमा ६ विकेट गुमाएर अप्ठ्यारो अवस्थामा रहेको न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले नटआउट रहँदै ४० तथा मिचेल स्यान्टनरले ३५ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्याए । उनीहरूबाहेक टम ल्याथमले २६ रन तथा डेयरल मिचेलले १९ रनको योगदान दिए । बंगलादेशका लागि मेहदी हसन मिराजले ३ तथा तइजुल इस्लामले २ विकेट लिए ।
यसअघि बंगलादेशले पहिलो पालीमा १७२ रन बनाएको थियो भने जवाफमा न्युजिल्याण्डले १८० रन बनाएको थियो । आफ्नो दोस्रो पालीमा बंगलादेश मात्र १ सय ४४ रनमा सीमित बनेको थियो । शृङ्खलामा १५ विकेट लिने बंगलादेशका तइजुल इस्लाम प्लेयर अफ द सिरिज बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण