भारतीय कारमा १५ किलो अवैध गाँजा बरामद
आइतबार, २४ मङ्सिर २०८०, १३ : ०२

धनकुटा । धनकुटामा प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट करिब १५ किलो गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको हो ।
धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर ३८ एएस ६८०८ नम्बरको भारतीय कारमा सवार चालकसमेत ३ जना प्रहरीलाई देखी फरार भएपछि ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारमा उक्त गाँजा फेला पारी बरामद गरेको जानकारी दिएको छ । हाल फरार उनीहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।