लमजुङमा सामूहिक भोज खाएर बिरामी हुनेको सङ्ख्या ३३ पुग्यो
आइतबार, २४ मङ्सिर २०८०, १४ : ०२
पोखरा । लमजुङमा सामूहिक भोज खाएर बिरामी पर्नेको सङ्ख्या ३३ पुगेको छ । क्रिसमसको अवसरमा भोटेवडारका क्षेत्रबहादुर गुरुङको घरमा भोज खाएर घर फर्किएपछि उनीहरू धमाधम बिरामी परेका हुन् । शुक्रवार राती खाना खाएका र शनिवार बिहानैदेखि बिरामी पर्ने क्रम सुरु भएको थियो ।
अहिलेसम्म ३३ जना बिरामी भैसकेका अस्पतालले जनाएको छ । उक्त घटनामा १ जनाको मृत्यु भएको छ । सुन्दर बजारकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान मृत्यु भएको हो ।
बिरामीहरूको सुन्दरबजार स्थित एचडिसिएस नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई झाडापखाला र ज्वरो आएको छ । भोजमा ४० जना सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण