लिडरसीप सम्बन्धी तालिम लिन ११ युवा नेता दिल्लीमा
काठमाडौँ । लिडरसीपको तालिम लिनका लागि नेपालका ११ जना युवा नेता भारत भ्रमणमा गएका छन् । दिल्लीस्थित अवजर्ब रिसर्च फाउण्डेशन (ओआरएफ)ले दिन तालिम लिन उनीहरु भारत भ्रमणमा गएका हुन् । उनीहरुलाई दिल्लीमा १० दिनसम्म तालिम दिइने बताइएको छ ।
भारत भ्रमणमा जानेहरुमा स्वतन्त्र पार्टीका सहमहासचिव कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य क्रान्ति शिक्षा धिताल, जनमत पार्टीका उपाध्यक्ष दीपक साह, जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रदेशसभा सदस्य रामअशिस यादव, कांग्रेस पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा र केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोमा विष्ट, नेकपा एमालेका केन्द्रीय सदस्य सूर्यप्रसाद पाठक र सुनिता बराल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अजयशंकार नायक र केन्द्रीय सदस्य रेनु चन्द रहेका छन् ।
ओआरएफ भारतीय सरकार निकट मानिन्छ । यो संस्थाले भारत सरकारका लागि आर्थिक, समाजिक, राजनीतिक विषयमा अध्ययन अनुसन्धान गरेर दिन्छन् । यो संस्थामा भारतका ठूला ठूला अर्थशास्त्री र नीति निर्माताको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण