एनिमलले तोड्ला जवानको रेकर्ड ?
नयाँ दिल्ली । रणवीर कपुरको एनिमलले मात्रै १० दिनमा ७ अर्ब १७ करोड ४६ लाख भारुको वल्र्डवाइड कलेक्शन गरेको छ । योसँगै फिल्मले सनी देओलको फिल्म गदर–२ को रेकर्डलाई तोडेको छ ।
गदर–२ ले संसारभरबाट ६ अर्ब ९१ करोड ८ लाख भारुको लाइफटाइम कलेक्शन गरेको थियो । घरेलु बजारको कुरा गर्ने हो भने फिल्मको कमाई अहिलेसम्म ४ अर्ब ३२ करोड २७ लाख भारु छ ।
फिल्मले आइतबार सबै भाषामा ३७ करोड भारु कलेक्शन गरेको थियो । आफ्नो पुस्ताका कलाकारलाई पछाडि छाडेर रणवीर निकै अगाडि पुगिसकेको ट्रेड एक्सपर्टले बताएका छन् । उनको प्रतिस्पर्धा अब शाहरुख खान, सलमान खान र ऋतिक रोशनसँग हुने बताइएको छ ।
वल्र्डवाइड विजनेश हेर्ने हो भने एनिमले यो वर्षको तेस्रो ठूलो हिन्दी फिल्म बनिसकेको छ । ११ अर्ब ४८ करोड भारुसहित जवान शीर्ष स्थानमा छ । १० अर्ब ५० करोड भारुको साथमा पठान दोस्रो स्थानमा छ । एनिमलको सामुन्ने अब शाहरुख खानको यी दुई फिल्म छन् । फिल्मले १० औं दिनमा पनि भव्य कमाइ गरिरहेको छ । यो तीव्र गतिमा पठानको रेकर्ड नजिक पुग्दैछ । तर जवानको आँकडासम्म पुग्न भने त्यति सजिलो छैन ।
समग्रमा हेर्दा चाँहि एनिमलले आगामी दिनमा दीपिका पादुकोण्को पीके, आमिर खानको सिक्रेट सुपरस्टार र सलमान खानको बजरंगी भाइजानको रेकर्ड तोड्ने देखिन्छ । डिसेम्बर २१ मा शाहरुख खानको डंकी रिलिज हुँदैछ । अर्थात् आफूलाई थप प्रमाणित गर्न एनिमलसँग १० दिनको समय छ ।
एनिमलले ९ अर्बदेखि साढे ९ अर्बको लाइफटाइम कलेक्शन गर्ने अनुमान गरिएको छ । ए रेटेड फिल्मको यत्तिको कमाईलाई ट्रेड एक्सपर्टहरू शानदार मान्छन् । एनिमल रिलिज भएकै बेलामा विक्की कौशलको सैम बहादुर रिलिज हुन्दैनथ्यो भने फिल्मको कमाई ७० करोड देखि १ अर्ब भारुसम्म अरु बढ्ने विश्लेषकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण