बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जन्मदिन मनाउँदै रजनीकान्त, यस्तो छ उतारचढावपूर्ण करियर

मङ्गलबार, २६ मङ्सिर २०८०, १० : ४५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । साउथ सुपरस्टार रजनीकान्तले आज  जन्मदिन मनाउँदै छन् । सन् १९७५ मा फिल्म ‘कथा सङ्गम’ बाट अभिनयको दुनियाँमा प्रवेश गरेकी थलाइवालाई आज कुनै परिचयको आवश्यकता छैन । आफ्नो उत्कृष्ट अभिनयका कारण उनले चलचित्र जगत्मा ठुलो नाम कमाइसकेका छन् । रजनीकान्त दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउड फिल्ममा पनि आफ्नो छाप छोड्न सफल भएका छन् ।

लामो समयदेखि दक्षिण फिल्म उद्योगमा सक्रिय रहेका रजनीकान्तको लोकप्रियताको बारेमा सबैलाई थाहा छ । १२ डिसेम्बर १९५० मा बेंगलुरुको एक मराठी परिवारमा जन्मेका रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो । अभिनेता गरिब परिवारमा जन्मिएका थिए ।

रजनीकान्तले चार वर्षको हुँदा आमा गुमाए । घरको खराब अवस्थाका कारण अभिनेता रजनीकान्तले भरियादेखि बस कन्डक्टरसम्मको काम गरेका छन् । बसमा टिकट बुकिङ गर्ने उनको अनौठो शैलीका कारण उनी बस चालक र कन्डक्टरमाझ निकै चर्चित थिए ।

रजनीकान्त बाल्यकालदेखि नै अभिनेता बन्न चाहन्थे । सपना पूरा गर्न रजनीकान्तका साथी राजबहादुरले धेरै सहयोग गरे । उनले नै रजनीकान्तलाई मद्रास फिल्म इन्स्टिच्युटमा भर्ना हुन प्रेरित गरेका थिए । तर, रजनीकान्तका लागि यो गर्न सजिलो थिएन । त्यसपछि उनी र उनीजस्तै बस कन्डक्टर भएका अरु साथीहरु उनलाई सहयोग गर्न अगाडि आए । अभिनय सिक्दै गर्दा उनले तमिल पनि सिके । फिल्मी दुनियाँमा आफ्नो नाम कमाएपछि रजनीकान्त पनि आफ्नो फरक स्टाइलका कारण चर्चामा रहे । कलाकारको चस्मा लगाउने र चुरोट बाल्ने कामले आज पनि मानिसहरूलाई ताली बजाउन बाध्य पार्छ ।

रजनीकान्तले फिल्म निर्देशक के बालचन्द्रलाई भेटे । उनले नै रजनीकान्तलाई फिल्म ‘अपूर्व रागांगल’ मा मौका दिएका थिए । यसमा कमल हसन र श्रीविद्या पनि देखिएका थिए । तर, यसमा उनको सानो नकारात्मक भूमिका थियो । त्यसपछि सुरुका दुई–तीन वर्ष यस्ता भूमिका पाए । त्यसपछि रजनीकान्तले दक्षिणका सबै भाषाका फिल्ममा काम गरिरहे । आफ्नो मेहनत र समर्पणको आधारमा रजनीकान्तले धेरै फिल्ममा काम गरे र आफ्नो छुट्टै पहिचान पनि बनाए । हिन्दी सिनेमामा रजनीकान्तको पारी सन् १९८३ मा टी रामारावले निर्देशन गरेको फिल्म ‘अन्धा कानून’ बाट सुरु भएको थियो । यस फिल्ममा अमिताभ र रजनीकान्तको जोडीले हलचल मच्चाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप