‘द भ्वाइस अफ नेपाल - सिजन ५’ को भोटिङ पार्टनरमा ‘खल्ती’
काठमाडौँ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल - सिजन ५’ का सहभागीलाई ‘खल्ती’ मार्फत भोट गर्न सक्नेछन् ।
‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ४ शृङ्खलाहरूमा “द भ्वाइस नेपाल” साथै बालबालिकाहरूलाई केन्द्रित गरी आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि सञ्चालन गरिसकेको छ। लगातारको सफलता पछि यस पटक युवाहरूलाई लक्षित गरी ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ शृङ्खला अगि बढाएको छ।
रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रममा कोच/निर्णायकको रूपमा गायक उदय सोताङ , प्रमोद खरेल , राजेश पायल राई र गायिका मिलन नेवारलाई देख्न सकिन्छ। ब्लाइन्ड अडिसन राउन्डबाट सुरु भएको यस कार्यक्रमको ब्याटल राउन्ड र नक आउट राउण्ड पनि समापन भएको छ। ब्याटल राउन्डको अन्त्य सँगै अब लाइभ राउण्ड सुरु भएको छ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्टलाई ‘खल्ती’ एप प्रयोग गरी भोट गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण