मौलापुरको सम्पूर्ण सरकारी कार्यालयमा ई–हाजिरी सेवा

रौतहट । रौतहटको मौलापुर नगरपालिका भित्र प्रायः सबै सरकारी कार्यालयहरूमा ई–हाजिरी सेवा सञ्चालन गरिएको छ।
मेयर रिना कुमारी साहको सक्रियतामा सम्पूर्ण सरकारी कार्यालयमा गुणस्तरीय सेवा प्रदान गर्न ई–हाजिरीको व्यवस्थापन गरिएको हो। नगरपालिका मातहतमा रहेका सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, वार्ड कार्यालय , बहुप्रविधिक शिक्षालय, कृषि तथा पशु कार्यालय लगायतका सरकारी कार्यलयहरुमा सफ्टवेयर सहितको ई–हाजिरी मसिन जडान गरिएको हो।
मेयर रिना कुमारी साहले ई–हाजिरी सेवाको मङ्गलवार उद्घाटन पछि कार्यालयहरूलाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।
ई–हाजिरी सेवा सञ्चालन भएपछि उक्त कार्यालयका कर्मचारी तथा विद्यालयका शिक्षकहरू सही समयमा आआफ्नो कार्यालयमा उपस्थित भएर व्यवसायीलाई सुलभ सेवा प्रदान गर्ने मौलापुर नगरपालिकाले विश्वास लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
-
विश्वमा नयाँ वित्तीय व्यवस्था र सशक्त सहकार्यमा प्रधानमन्त्रीको जोड
-
वाईसीएलको नेतृत्व छनोट बुधबार, पदाधिकारीमा ९९ जना आकाङ्क्षी
-
प्रधानमन्त्रीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
-
डलर साट्ने बहानामा ठगी गरेकाे आरोपमा दुई जना पक्राउ
-
अख्तियारले छानबिन थालेको थाहा पाएर एयरपोर्टबाट भट्टराईलाई हटाएको होइन : गृहमन्त्री