सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी

बुधबार, २७ मङ्सिर २०८०, १३ : ३४
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ । 

नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो । नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । 

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा. ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताए । उनले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पु¥याउने बताए । उनले आफूहरुले पूँजि पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताए । उनले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गरे । 

उनले भने, ‘निजी हवाइजहाज सबैसँग कमिसन खाने अनि राष्ट्रिय ध्वजावाहकलाई कमजोर बनाउन पाइन्छ ? पाइँदैन । यो नागरिकको संस्था हो । आज हामीले कमाएको पैसा यो मुलुकभित्र परिचालन हुने हो । अर्थतन्त्र विदेशी पुँजि पलायन हुँदैन । हामीले कमाएको पैसा यो मुलुकको समृद्धिमा लगानी गर्ने हो । यो मुलुकको विकास निर्माणमा लगानी गर्ने हो । नागरिकलाई सुविधा दिन लगानी गर्ने हो । त्यसैले यो पुँजि पलायन रोक्नका लागि पनि आन्दोलन हो । यो राष्ट्रियताको आन्दोलन हो । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको थ्रेट छ । यो राष्ट्रिय सुरक्षा र स्वतन्त्रताको प्रश्न जोडिएको विषय हो । डाटा सेक्युरिटीको कुरा हुन्छ । त्यसैले यो अन्तर्राष्ट्रियलाई दिने खेल ठूलो चलखेलमा भएको छ ।’

उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको बताए । उनले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप