राष्ट्रिय सभाको निर्वाचनमा नयाँलाई अवसर दिनुपर्छ : नेता शर्मा
बुधबार, २७ मङ्सिर २०८०, १५ : ३४
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले राष्ट्रिय सभाको निर्वाचनमा नयाँलाई अवसर दिनुपर्ने बताएका छन् ।
कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठकमा उनले राष्ट्रिय सभाको निर्वाचनमा
गाउँमा बसेका साथीहरूलाई अवसर दिनुपर्ने बताएका हुन् ।
नेता शर्माले शेखर–गगन समूहमा पनि समस्या रहेको बताएका छन् । उनले भने,‘१४ औँ महाधिवेशनको समूह एक राखेर अरू जोड्ने हो । शेखर बिना पनि समूह रहँदैन र गगन बिना पनि समूह रहँदैन । नेताहरूले समस्या छैन भन्नुभएको छ, तर समस्या छ ।’
नेता शर्माले एनसेलमा व्यापक भ्रष्टाचार भएको बताएका छन् । उनले भने,‘नैतिक रूपमा हाम्रो पार्टी र सरकारमा भएका अरू पार्टीले जिम्मा लिनुपर्छ । समिति बनाउने कुरा ढाकछोप गर्ने कुरा हो ।’
शेखर–गगन समूहको बैठक बुधबार काठमाडौँको बत्तिस पुतलीमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण