शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभाको निर्वाचनमा नयाँलाई अवसर दिनुपर्छ : नेता शर्मा

बुधबार, २७ मङ्सिर २०८०, १५ : ३४
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले राष्ट्रिय सभाको निर्वाचनमा नयाँलाई अवसर दिनुपर्ने बताएका छन् । 

कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठकमा उनले राष्ट्रिय सभाको निर्वाचनमा 

गाउँमा बसेका साथीहरूलाई अवसर दिनुपर्ने बताएका हुन् ।  

नेता शर्माले शेखर–गगन समूहमा पनि समस्या रहेको बताएका छन् । उनले भने,‘१४ औँ महाधिवेशनको समूह एक राखेर अरू जोड्ने हो । शेखर बिना पनि समूह रहँदैन र गगन बिना पनि समूह रहँदैन । नेताहरूले समस्या छैन भन्नुभएको छ, तर समस्या छ ।’

नेता शर्माले एनसेलमा व्यापक भ्रष्टाचार भएको बताएका छन् । उनले भने,‘नैतिक रूपमा हाम्रो पार्टी र सरकारमा भएका अरू पार्टीले जिम्मा लिनुपर्छ । समिति बनाउने कुरा ढाकछोप गर्ने कुरा हो ।’

शेखर–गगन समूहको बैठक बुधबार काठमाडौँको बत्तिस पुतलीमा जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप