शतप्रतिशत जितका साथ म्यानचेस्टर सिटी अन्तिम १६ मा
काठमाडौँ । इङ्लिस क्लब म्यानचेस्टर सिटी शतप्रतिशत जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको खेलमा सिटीले रेट स्टारलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
समूह ‘जी’मा सिटीले ६ खेलबाट १८ अङ्क बनाएको हो । सिटीलाई जिताउनका लागि मिच ह्यामिल्टन, ओस्कर बोब र काल्भिन फिलिप्सले एक ÷एक गोल गरे । रेडस्टारका लागि हाङ बिओम र एलेक्जेन्डर काटीले एक-एक गोल फर्काए ।
१९ औँ मिनेटमा ह्यामिल्टनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६२ औँ मिनेटमा ओस्करले अग्रता दोब्बर बनाए । ७६ औँ मिनेटमा रेटस्टारका हाङले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । तर, ८५ औँ मिनेटमा फिलिप्सले पेनाल्टीमा गोल गरेपछि सिटी ३–१ ले अघि बढेको थियो ।
दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलेक्जेन्डरले गोल फर्काए पनि अन्ततः सिटी ३–२ गोल अन्तरले विजयी भयो । यस्तै यही समूहमा रहेका आरबी लाइपजिङले योङ ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै लाइपजिङको १२ अङ्क भएको छ । उसले पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण