बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोना र पोर्टो अन्तिम १६ मा

बिहीबार, २८ मङ्सिर २०८०, ०७ : ५०
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना समूहको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३–२ गोल अन्तरले पराजित हुँदा पनि शीर्ष स्थानमै रहेको हो । 

यही समूहमा रहेको पोर्टोले सख्तर डोनेस्कलाई ५–३ गोल अन्तरले पराजित गरे पनि तालिकामा बार्सिलोनलाई पछि पार्न भने सकेन । अंकतालिकामा बार्सिलोना र पोर्टो दुवैको समान १२ अङ्क छ ।

बुधबारराति एन्टरवेपका लागि आर्थर भरमिरेनले गोल गर्दै अग्रता दिलाएका थिए । फेरान टोरेसले ३५ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्याएको थियो । ५६ औँ मिनेटमा भिनिसेन्ट जेनसनले गोल गर्दै फेरि एन्टरवेपलाई २–१ ले अघि बढाए । 

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा बार्सिलोनाले खेल २–२ को बरबरीमा ल्याएको थियो । बार्सिलोनका लागि मार्क गुयुले गोल गरेका थिए । लगत्तै एन्टरवेपले गोल थपेपछि बार्सिलोना पराजित हुन पुग्यो । एन्टरवेपका लागि जर्जले  गोल गरेका थिए । बार्सिलोनलाई पराजित गरेको एन्टरवेपको यो पहिलो जित पनि बन्यो । 

यो समूहबाट बार्सिलोना र  पोर्टोले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप