बार्सिलोना र पोर्टो अन्तिम १६ मा
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना समूहको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३–२ गोल अन्तरले पराजित हुँदा पनि शीर्ष स्थानमै रहेको हो ।
यही समूहमा रहेको पोर्टोले सख्तर डोनेस्कलाई ५–३ गोल अन्तरले पराजित गरे पनि तालिकामा बार्सिलोनलाई पछि पार्न भने सकेन । अंकतालिकामा बार्सिलोना र पोर्टो दुवैको समान १२ अङ्क छ ।
बुधबारराति एन्टरवेपका लागि आर्थर भरमिरेनले गोल गर्दै अग्रता दिलाएका थिए । फेरान टोरेसले ३५ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्याएको थियो । ५६ औँ मिनेटमा भिनिसेन्ट जेनसनले गोल गर्दै फेरि एन्टरवेपलाई २–१ ले अघि बढाए ।
दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा बार्सिलोनाले खेल २–२ को बरबरीमा ल्याएको थियो । बार्सिलोनका लागि मार्क गुयुले गोल गरेका थिए । लगत्तै एन्टरवेपले गोल थपेपछि बार्सिलोना पराजित हुन पुग्यो । एन्टरवेपका लागि जर्जले गोल गरेका थिए । बार्सिलोनलाई पराजित गरेको एन्टरवेपको यो पहिलो जित पनि बन्यो ।
यो समूहबाट बार्सिलोना र पोर्टोले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण