बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित ४ जना पक्राउ

बिहीबार, २८ मङ्सिर २०८०, १३ : १०
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । सिरहा र नवलपरासी पश्चिमबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । 

सिरहाको सिराहा नगरपालिका-१७ माडर बसपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित मिर्चैया नगरपालिका-५ बस्ने २४ वर्षीय कृष्ण कुमार यादव समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-१ शंकरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम १ सय ३० मिलिग्रामसहित विनय गाउँपालिका-२ घर भई रुपन्देही देवदह नगरपालिका-५ खैरेनी बस्ने २६ वर्षीय मन प्रसाद गुरुङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी  कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु. ८५ प २९४७ को मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप