नाउपाले प्रधानमन्त्रीसँग खोज्यो राष्ट्रियसभा निर्वाचनमा भाग
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले राष्ट्रियसभामा भाग खोजेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सिट बाँडफाँटमा भाग खोजेको हो ।
नाउपाका संरक्षक चौधरीले रातोपाटीसँग भने, ‘राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता भएको प्रधानमन्त्री ज्यूलाई जानकारी गरायौँ । हामी गठबन्धनमा रहेकाले सिट बाँडफाँटमा समेटियोस् भन्ने कुरा राखौँ ।’
माघ ११ गते राष्ट्रियसभाका १९ सिटको निर्वाचन हुँदैछ । गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मात्र भागबन्डाको तयारी छ ।
आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेसमा १ मत रहेको र उक्त मतभार महत्त्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने चौधरीको भनाइ छ ।
नाउपाले भूमिसुधार मन्त्रालयको नेतृत्व सम्हालिरहेको नाताले कमैया तथा सुकुम्वासीको घरबासको व्यवस्थाबारे पनि प्रधानमन्त्रीसँग परामर्श भएको चौधरीले बताए ।
देशबाट युवाहरु बाहिरिरहेको भन्दै युवाहरुलाई देशमै रोक्नका निम्ति बाँझो जमिन उपयोग गर्ने दिने नीति लिनुपर्ने कुरा राखेको चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण