हजारौँ डोनोटले भरिएको भ्यान चोरी भएपछि...
सिड्नी । अष्ट्रेलियामा एक महिलामाथि डोनोट चोरीको आरोप लागेको छ । ती महिलामाथि केही सय होइन हजारौँ डोनोट चोरीको आरोप लागेको छ ।
सिड्नीको उपशहरी क्षेत्रको एउटा पेट्रोल पम्पमा पेट्रोलबाट नोभेम्बर २९ मा १० हजार वटा क्रिस्पी क्रेम डोनोटले भरिएको डेलिभरी भ्यान हरायो ।
एक हप्तापछि उक्त भ्यान कार पार्कमा भेटियो । तर भ्यानभित्रको डोनोट सबै बिग्रिएर खान नहुने भइसकेका थिए । भ्यान चोरीको मामिलामा प्रहरीहरूले एक २८ वर्षीय युवतीलाई बिहीबार समातेको छ । जमानत नपाउने गरी प्रहरी फन्दामा परेकी महिलामाथि सवारी साधन चोरेको र अयोग्य भएर पनि भ्यान चलाएकोलगायत आरोप लगाइएको छ । घटना घटेको दिनमा स्थानीय समयअनुसार बिहान ४ बजेतिर महिला भ्यान आसपास रहेको पेट्रोल पम्पमा रहेको सीसीटीभी फुटेजले देखाएको छ ।
केही समयपछि महिला वेवारिसे अवस्थामा रहेको डेलिभरी भ्यानभित्र चढिन र यसलाई लिएर भागिन् । भ्यानभित्र १० हजार ओटा डोनोट थिए भन्ने कुरा उनलाई थाहा भए नभएको अस्पष्ट छ । क्रिस्पी क्रेमले भ्यान चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्यो । चोरिएको १० हजार ओटा डोनोन फेरि ग्राहककहाँ पुर्याउन कम्पनीले काम गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण