लिभरपुलको युवा टोली युरोपा लिगमा स्तब्ध
शुक्रबार, २९ मङ्सिर २०८०, ०८ : ३२
ब्रसेल्स । युरोपा लिगको समूह चरणको अन्तिम खेलमा लिभरपुल बेल्जियन टोली युनियन सेन्ट जिलुआससँग पराजित भएको छ । यसअघि नै अर्को चरणमा प्रवेश गरेको लिभरपुल बिहीबार राति भएको खेलमा १–२ गोल अन्तरले पराजित भएको हो ।
युवा टोली मैदानमा उतारेको लिभरपुल खेलको ३२ औँ मिनेटमा मोहामेद आमोराको गोलमा पछि परेको थियो । ३९ औँ मिनेटमा २० वर्षीय जारेल क्वानसाले लिभरपुललाई खेलमा फर्काए पनि पहिलो हाफको अन्त्यमा क्यामरोन पुएर्टासले गोल गर्दै बेल्जियन टोलीलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफमा कुनै गोल हुन सकेन । पराजयका बाबजुद ६ खेलबाट १२ अङ्क बटुल्दै लिभरपुल समूह ई को शीर्ष स्थानमा रह्यो । समूहमा टोलुस ११ अङ्कसहित दोस्रो स्थानमा रह्यो । युनियन भने ८ अङ्कसहित तेस्रो स्थानमा सीमित रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण