नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो १५ लाख धरौटी
शुक्रबार, २९ मङ्सिर २०८०, १५ : ४९
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।
शुक्रबार काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणसँग विभागले १५ लाख मागेपछि विभागमा सो रकम बुझाएका छन् ।
विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
खाणमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण