सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रजनन रोग विशेषज्ञ डा पाण्डेलाई अवार्ड

शुक्रबार, २९ मङ्सिर २०८०, १६ : ३०
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौं । प्रजनन रोग विशेषज्ञ डा अस्मिता पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी छन् । शनिबार नयाँदिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा पाण्डेले ‘आईएफएस योङ एचिभर्स’ अवार्ड हात पारेकी हुन् । 

वात्सल्य आईभीएफ सेन्टरकी उनले इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त अवार्ड पाएकी हुन्  । प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त अवार्ड हात पारेको बताइएको छ ।

डा। पाण्डे अमेरिकन कलेज अफ अब्स्टेटेरिसियन एण्ड गाइनोकोलोजिष्टको ‘द ग्रीन जर्नल’ र युरोपियन सोसाइटी अफ ह्युमन रिप्रडक्टसन एण्ड इम्ब्रोलोजीको ‘ह्युमन रिप्रडक्सन’ जर्नल सम्पादकीय टिममा रहेर अनुसन्धानात्मक लेखहरु सम्पादनमा पनि सक्रिय छन् । अवार्ड हात पारेपछि आफूलाई खुसी लागेको उनले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप