प्रजनन रोग विशेषज्ञ डा पाण्डेलाई अवार्ड
काठमाडौं । प्रजनन रोग विशेषज्ञ डा अस्मिता पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी छन् । शनिबार नयाँदिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा पाण्डेले ‘आईएफएस योङ एचिभर्स’ अवार्ड हात पारेकी हुन् ।
वात्सल्य आईभीएफ सेन्टरकी उनले इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त अवार्ड पाएकी हुन् । प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त अवार्ड हात पारेको बताइएको छ ।
डा। पाण्डे अमेरिकन कलेज अफ अब्स्टेटेरिसियन एण्ड गाइनोकोलोजिष्टको ‘द ग्रीन जर्नल’ र युरोपियन सोसाइटी अफ ह्युमन रिप्रडक्टसन एण्ड इम्ब्रोलोजीको ‘ह्युमन रिप्रडक्सन’ जर्नल सम्पादकीय टिममा रहेर अनुसन्धानात्मक लेखहरु सम्पादनमा पनि सक्रिय छन् । अवार्ड हात पारेपछि आफूलाई खुसी लागेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण