शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हाच्छ्युँ रोक्न खोज्दा घाँटीमा प्वाल

शनिबार, ३० मङ्सिर २०८०, १६ : २४
शनिबार, ३० मङ्सिर २०८०

डन्डी । हाच्छ्युँ रोक्न खोज्दा एक ३० वर्षीय पुरुषको श्वासनलीमा प्वाल परेको अनौठो घटना बाहिरिएको छ । ती व्यक्तिले हाच्छ्युँ रोक्नका लागि नाक र मुख बन्द गर्दा यस्तो घटना भएको हो ।

गाडी चलाइरहेका बेला नाम नखुलाइएका ती व्यक्तिले हाच्छ्युँ रोक्ने प्रयास गरेका थिए । त्यसलगत्तै उनलाई असैह्य पीडा भएपछि उनी स्कटल्याण्डको डन्डीस्थित नाइनवेल्स अस्पताल पुगेका थिए । 

डाक्टरहरूका अनुसार यस्तो गर्दा माथिल्लो श्वासनलीमा २० गुणा बढी दबाब पदर्छ । यसले कानको जालीदेखि करङसम्म असर पुग्छ । ती व्यक्तिको हकमा भने उनको श्वासनलीमा २ मिलिमिटर लामो प्वाल परेको थियो ।

_132051085_bmjcr-2023-december-16-12--f1.large.jpg

अस्पतालको इमर्जेन्सीमा पुग्दा ती व्यक्ति निकै पीडामा थिए । उनको घाँटी सुन्निएको थियो भने घाँटी पनि चलाउन सक्ने अवस्थामा थिएनन् । जब डाक्टरहरूले उनको प्रारम्भिक जाँच गरे घाँटीमा अनौठो आवाज सुने र तत्कालै थप जाँच सुरु गरे । भाग्यवश यसले उनको श्वासप्रश्वास, खानपान वा बोल्नमा असर पुगेको थिएन । 

समस्या पत्ता लगाएपछि उनलाई पेनकिलर र औषधी दिएर घर पठाइएको थियो । पाँच हप्तापछि सो घाउ निको भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप